२ असार २०८१, शनिबार | June 15, 2024

एक महिनामा ८७ लाख रुपैयाँ भन्दा बढीको टमाटर निर्यात



चालू आर्थिक बर्षको श्रावन महिनामा ८७ लाख ३० हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ५२० केजी टमाटर निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

भारतमा अत्याधिक बर्षाका कारण टमाटर उत्पादनमा ठुलो गिरावट आए सँगै भारतले गत श्रावन २१ गते नेपालको टमाटर आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । भारतले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरे सँगै नेपालबाट टमाटर निर्यात बढेको हो । निर्यातित टमाटर सबैजसो भारत गएको भन्सार विभागले जनाएको छ ।  

ताजा समाचार