१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङ उडान शुरु, पहिलो उडान यात्रु विहीन



नेपाल वायुसेवा निगमले यहि भाद्र १२ गते देखि भैरहवा हुँदै दिल्ली र हङकङ हवाई उडान शुरु गरेको छ ।आजबाट शुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान शुरु गरेको हो । 

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौं हुँदै दिल्ली र हङकङको उडान शुरु गरिएको हो । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुला गरेको थियो ।

आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ ।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो र निगमले यस अघि उक्त बिमानस्थलबाट मलेसिया–भैरहवा रुटमा गत जेठ ३० गतेबाट उडान शुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ ओटा उडान गरिसकेको छ ।

ताजा समाचार